बिहीबार , चैत ७ गते २०८१    
बिहीबार , चैत ७ २०८१
images
images

हिमालयन हाइड्रोपावरको साधारण सेयर निष्काशन

images
बुधबार, असार १५ २०७९
images
images
हिमालयन हाइड्रोपावरको साधारण सेयर निष्काशन
images
images

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो। 

images
images

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

images
images

कम्पनीले निष्काशन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।

images
images

त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्नेछन् । 

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै ‘मेरो सेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 
 
कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : बुधबार, असार १५ २०७९०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend