सोमबार, जेठ २२ गते २०८०
सन्दर्भ राेपाई दिवस

५१ लाख टन धान उत्पादन, अर्बौंको चामल आयात 

images
images
५१ लाख टन धान उत्पादन, अर्बौंको चामल आयात 

असार १५ गतेलाई सरकारले बिसं २०६१ देखि हरेक वर्ष धान दिवसका रूपमा मनाउँदै आएको छ। 

images
images
images

काठमाडौं- आज असार १५ गते। नेपालमा आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको प्रतीकका रुपमा लिइन्छ। त्यसैले देशभर धान दिवसका रुपमा मनाउने गरिन्छ। 

images
images
images

धानलाई महत्व दिएर सरकारी स्तरमै उत्सव मनाए पनि वर्षेनी अर्बौ‌ंको धान चामल आयात भइरहेकाे छ। धान चामल आयातको आँकडा घट्नुको साटो अझ वर्षैपिच्छे बढिरहेको छ। 

नेपालमा यो वर्ष मात्र ५१ लाख टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा केही घटेको हो। तर पनि पछिल्ला पाँच वर्षमा बर्सेनि ५० लाख टनभन्दा बढी धान उत्पादन भइरहेको छ।

images

अर्कातिर चालु वर्षको ११ महिनामा मात्र ४२ अर्ब रुपैयाँको धान चामल आयात भएको छ। गएको वर्ष ५० अर्बको आयात भएको थियो। आयातको आँकडा बर्सेनि बढिरहेको छ। नेपालमा १४ लाख ७७ हजार ३८० हेक्टरमा धान खेती हुँदै आएको छ। 

असार १५ गतेलाई सरकारले बिसं २०६१ देखि हरेक वर्ष धान दिवसका रूपमा मनाउँदै आएको छ। मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो। खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। 

images

प्रकाशित : बुधबार, असार १५ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ