मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आकर्षक आदर्श लघुवित्त कम्पनीले ‘ओपनिङ रेन्ज’  कतिसम्म पाउला?

बुधबार, असार १५ २०७९
आकर्षक आदर्श लघुवित्त कम्पनीले ‘ओपनिङ रेन्ज’  कतिसम्म पाउला?

काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबारमात्रै आईपीओ बाँडफाँट गरेको छ। कम्पनाीको आईपीओ बाँडफाँटसँगै अर्को हप्तादेखि दोस्रो बजारमा समेत कारोबार खुल्ने छ। आकर्षक नाफा कमाइरहेको कम्पनीको सूचक सब सकारात्मक रहेका छन्। कम्पनीको प्रतिसेयर नेटवर्थ पछिल्लो आर्थिक वर्ष १२२.८८ रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी ५.१३ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ कारोबार हुने भएकोले पहिलो कारोबार १२२.८८ रुपैयाँदेखि ३६८.६४ रुपैयाँको बीचमा कारोबार हुनेछ। कम्पनीको १० कित्ता सेयर पर्ने लगानीकर्ताले पहिलो दिननमै ३ हजार ६ सय ६८ रुपैयाँसम्म कमाउने छन्। 

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको सेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। सोमध्ये ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर पाएका छन्।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओमा १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका थिए। यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन परेको थियो।  


प्रकाशित : बुधबार, असार १५ २०७९०२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend