बिहीबार , असोज ३ गते २०८१    
images
images

सिभिल र हिमालयन बैंकको मर्जर सकस : ९० प्रतिशतभन्दा कम रेसियोमा सिभिल मर्जमा नजाने

images
मंगलबार, असार १४ २०७९
images
images
सिभिल र हिमालयन बैंकको मर्जर सकस : ९० प्रतिशतभन्दा कम रेसियोमा सिभिल मर्जमा नजाने

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।  

images
images

काठमाडौं- सिभिल बैंकले ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा हिमालयनसँग मर्जर नगर्ने भएको छ। सिभिल र हिमालयन बैंकको मर्जरमा छलफल चलिरहेका बेला सिभिल बैंकले सम्मानजनक मर्जरलाई मात्रै प्राथमिकता दिने  हिमालयनलाई जानकारी दिएको छ।

images
images
images

हिमालयनले १००ः८० को स्वाप रेसियोसम्म दिन तयार भएपनि सिभिल बैंकले भने ९० प्रतिशत भन्दा कम स्वाप रेसियोमा मर्जरमा नगर्ने अडान लिएको हो। राष्ट्र बैंकले असार मसान्त भित्रै बैंकहरुलाई मर्जरमा जान दबाब दिइरहेका बेला हिमालयन र सिभिल बैंक पनि मर्जरका लागि पटक पटक छलफल गरिरहेका छन्।

छलफलमा स्वाप रेसियोमा सहमति हुन सकेको छैन। यता सिभिल बैंक सञ्चालक समितिले डीडीएपछि अन्तिममा १००ः९० भन्दा घटेर मर्जरमा नजाने अडान लिएको हो। 

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंक सम्मानजनक मर्जरको पक्षमा रहेको छ। सोही क्रममा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकसँग सिभिल बैंकको मर्जरको छलफल चलिरहेको छ। हिमालयनले सिभिल बैंकलाई मर्जरको लागि प्रस्ताव गरेको थियो। हिमालयन नै मर्जरको दबाबमा रहेकोले सम्भवत: सिभिलको प्रस्तावमा हिमालयन जानुपर्ने बाध्यता समेत रहेको छ। 

images

वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा थियो। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रिक नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।  

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। चुक्ता पुँजीको हिसाबले ग्लोबल आईएमईपछिको दोस्रो बैंक हुने छ। सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३.२८ रुपैयाँ छ। बैंकको पछिल्लो ५२ हप्तामा ३१६ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १९६ रुपैयाँ रहेको थियो। 

हिमालयन बैंकको चैत मसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुवातसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : मंगलबार, असार १४ २०७९१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend