मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १४ २०७९
सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ।

काठमाडौं-नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ। महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै सिघ्र यस सम्वन्धी ब्यवथागर्न आग्रह गरेको हो। 

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेटगरी सिघ्र कानून निर्माणकालागि पहल गर्न आग्रह गरेका हुन्। भेटकाक्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने बिषयहरुका बारेमा समेत जानकारी गराएको थियो। 

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन्। कानून निर्माणका लागि ब्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ।

भेटकाक्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता रहेको थियो। 

 


प्रकाशित : मंगलबार, असार १४ २०७९१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend