काठमाडौं- सोमबार सेयर बजार ७३.०५ अंकले घटेको छ।
खुलेदेखि नै घटेको बजारमा कारोबार भएकामध्ये तीन कम्पनीकोमात्र सेयर मूल्य बढेको थियो। गोरखा फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युतकोमात्र सेयर मूल्य बढेको थियो।
आज ५ अर्ब १२ करोडको १ करोडभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको थियो। सेयर बजार परिसूचक २६८५.४२ अंकमा सिमित भएको छ।