मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लगानीकर्ता मौद्रिक नीति कुर्ने मुडमा, सेयर बजार लगातार घट्दाे ट्रेण्डमै

मंगलबार, असार १४ २०७९
लगानीकर्ता मौद्रिक नीति कुर्ने मुडमा, सेयर बजार लगातार घट्दाे ट्रेण्डमै

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.१३ अंकमा आइपुगेको छ।

काठमाडौं- लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कुर्दा सेयर बजार लगातार दुई दिन दोहोरो अंकले घटेको छ। बियरिसबाट ट्रेन्डका बीच आइतबार ९४ अंकले बढेको बजार लगातार दुई दिन घटेको हो। सोमबार सेयर बजार २३.८५ अंकले घटेर १९३३.१३ अंकमा आइपुगेको थियो। 

केही दिन बजार बढेको भए पनि लगानीकर्ता मौद्रिक नीतिकै पर्खाइमा देखिएका छन्। लगानीकर्ताले 'पर्ख र हेर' को नीति लिँदा बजार अझै घट्ने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंक साउनमा मात्रै मौद्रिक नीति ल्याउने तयारीमा छ। संगठित लगानीकर्ता मात्रै होइन साना लगानीकर्ताकाे ध्यान पनि  मौद्रिक नीतितर्फ सोझिएको हो।

सोमबार ५६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.१३ अंकमा आइपुगेको छ। मंगलबार ३० लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। 

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको थियो। सोही दबाबकै बीच शुक्रबार र आइतबार सेयर बजार बढेको थियो। तर, सोमबार र मंगलबार त्याे लय कायम रहन सकेन ।  

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको थियो। गएको साता शुक्रबार १३.७८ अंकले बढेको बजारमा आइतबार ९४.९२ अंकको वृद्धि देखिएको थियो। पछिल्लो समम कांग्रेस महामन्त्री गगन थापाले सेयर बजार र अर्थतन्त्रकै विषयमा केन्द्रित रहेर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत भेटेका थिए। यता संसदमा पनि सेयर बजार बारे चासो दिइएको थियो। त्यस्तै लगानीकर्ताहरुले सडक आन्दोलनसमेत भएको थियो। नेपाल धितोपत्र बोर्डले सुधारको काम गर्दै जाने गरी सम्झौता गरेपछि सेयर बजारमा सुधार देखिएको छ। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्रामा लागेकाे थियाे । त्यसयता उतारचढावका बीच बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारलाई स्थायित्व भने दिन सकेकाे छैन ।


प्रकाशित : मंगलबार, असार १४ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend