मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

ब्रोकर कम्पनीहरूलाई काठमाडौंबाहिर दुई दर्जन शाखा खोल्न धितोपत्र बोर्डको अनुमति

मंगलबार, असार १४ २०७९
ब्रोकर कम्पनीहरूलाई काठमाडौंबाहिर दुई दर्जन शाखा खोल्न धितोपत्र बोर्डको अनुमति

धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका बिभिन्न ठाउँमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ।

काठमाडौं- नयाँ ब्रोकरको लाइसेन्स दिने तयारीमा नेपाल धितोपत्र बोर्ड लागि रहेकाबेला ब्रोकर कम्पनीलाई उपत्यका बाहिर शाखा खोल्न अनुमति दिएको छ।

बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाडौं बाहिरका विभिन्न सात स्थानमा शाखा संचालनको लागि स्वीकृति दिएको हो। धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरु भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउसलाई उपत्यका बाहिर शाखा खोलेर कारोबार सञ्चालन गर्न अनुमती दिएको हो। 

भिजन सेक्युरिटिजले कावासोती नवलपरासी, बेनी म्यादी, दमौली तनहुँमा गरि तीनवटा शाखा संचालनको लागि स्वीकृति पाएको छ, भने अनलाइन सेक्युरिटिजले बट्टार नुवाकोट, दिपशिखा धितोपत्रले टांडी चितवन, नेपाल स्टक हाउसले बिदुर नुवाकोट तथा टिकापुर कैलालीमा शाखा संचालनको लागि स्वीकृति पाएका हुन्।     

धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका बिभिन्न ठाउँमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ। १० वटा सेयर ब्रोकरले देशका विभिन्न १५ वटा स्थानमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति पाएका हुन्।  

अनलाइन सेक्युरिटिज प्रालिलाई  मन्थली, बर्दिबास, उर्लाबारी, मोरङमा राख्न पाउने गरी अनुमती पाएको छ। आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले तानसेन र भैरहवामा शाखा सञ्चालन गर्न पाउने छ। यता दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालिले लम्की, लाहान, चरिकोटमा शाखा सञ्चालन गर्न अनुमती पाएको छ।

मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनीले फिदिम र इलाम, सेक्युर्ड सेक्युरिटिजले दमकबाट शाखा सञ्चालन गर्न पाउने छन्। त्रिशुल सेक्युरिटिजले कावासोती, अक्सफोर्ड सेक्युरिटिज भुमहीबाट शाखा सञ्चालन गर्न पाउने छ। दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले कुस्मा, जे.एफ सेक्युरिटिज कम्पनीले तुल्सीपुर तथा डाइनामिक मनि म्यानेजर्सलेल चितवनबाट शाखा सञ्चालन गर्न पाउने अनुमती पाएका छन्।


प्रकाशित : मंगलबार, असार १४ २०७९०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend