मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

चालु वर्ष सकिनै लाग्दा सीडी रेसियो ८९.२६ प्रतिशतमा, निक्षेप एकै दिन ५ अर्ब थपियो

मंगलबार, असार १४ २०७९
चालु वर्ष सकिनै लाग्दा सीडी रेसियो ८९.२६ प्रतिशतमा, निक्षेप एकै दिन ५ अर्ब थपियो

असारको १४ गतेसम्म आइपुग्दा वित्तीय संस्थाहरुले ८९.२६ प्रतिशतमा सीडी रेसियो अनुपात झारेका छन्।

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिममा आएर वाणिज्य बैंकहरुले निक्षेप-कर्जा (सीडी) रेसियो अनुपात राष्ट्र बैंकको नीतिअनुसार नै ९० भन्दा तल झारेका छन्। 

असारको १४ गतेसम्म आइपुग्दा वित्तीय संस्थाहरुले ८९.२६ प्रतिशतमा सीडी रेसियो अनुपात झारेका छन्। एक दिनमै बैंकहरुमा ५ अर्ब निक्षेप समेत थपिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप ४९ खर्ब ८७ अर्ब पगेको छ। 

अघिल्लो दिनसम्म ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो। यता ऋण लगानी भने बैंकहरुले ठप्प पारेका छन्। वित्तीय संस्थाहरुले ४७ खर्ब ५ अर्बमा झरेको छ। अघिल्लो दिन ४७ खर्ब ६ अर्ब रहेको थियो। 

यता वाणिज्य बैंकहरुको पनि निक्षेप ४४ खर्ब १ अर्ब पुगेको छ। अघिल्लो दिनसम्म ४३ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो। यता अन्तरबैंक ब्याजदर ७.०२ प्रतिशत पुगेको छ।


प्रकाशित : मंगलबार, असार १४ २०७९०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend