काठमाडौं-राष्ट्रियसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो। प्रतिनिधिसभाले असार २ गते सो विधेयक पारित गरेको थियो।
विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।