मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस चलाउन पाउने

सोमबार, असार १३ २०७९
ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस चलाउन पाउने

काठमाडौं- सेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस चलाउन पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्जले धितोपत्र सञ्चालन विनियमावली २०७९ को तेस्रो संसोधनगर्दै  ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन पाउने व्यवस्था गरेको हो।

जसमा कारोबार गर्ने लगानीकर्ताहरुको खाता खोलेर बढीमा १०० रुपैयाँसम्म शुल्क लिन पाउने छन्। 

संसोधित विनियमावलीको विनियम २१ च को उपविनियम ७ मा कारोबार सदस्यले कारोबार व्यबस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाईन सेवा प्रदान गरेवापत प्रत्यक ग्राहकबाट वार्षिक बढीमा १०० सय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको हो।

अब संरचना खडा गर्ने ५८ वटै ब्रोकर कम्पनीहरुले टीएमएस सिष्टम सुरु गर्ने छन्। साउन लगत्तै केही ब्रोकर कम्पनीहरुले टीएमएस सिष्टम सुरु गर्ने तयारी गरेका छन्। 


प्रकाशित : सोमबार, असार १३ २०७९०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend