काठमाडौं- नववियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दुई निर्णय गरेका छन्। आजै राष्ट्रपतिबाट सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले दुई निर्णय गरेका हुन्।
उनले हनुमान ढोका दरबारदेखि स्वयम्भुसम्म पदमार्ग निर्माण गर्ने निर्णय गरेका हुन्। त्यस्तै मन्त्री श्रेष्ठले कारोनालगायत विभिन्न कारणले पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा पुनः अध्ययन गर्ने निर्णय समेत गरेका छन्।