सोमबार, असोज ७ गते २०८१    
images
images

‘तारकेश्वर चक्रपथ’

images
सोमबार, असार १३ २०७९
images
images
‘तारकेश्वर चक्रपथ’

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताएका हुन्।

images
images

काठमाडाै- काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ। काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो।

images
images
images

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताएका हुन्। सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, संगीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ।

यस्तै, स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकताअनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

नगरपालिकाभित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरबासीको सुरक्षाका लागि चोकचोकमा सिसीक्यामरा जडान गरिने बताइएको छ। 

images

यसैगरी, कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम सुरु गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सो नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रबिन्दु बनाउने नीति लिएको छ। नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको टोली खटाउने बताइएको छ।

ज्येष्ठ नागरिक, अपांगता भएका तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्योपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ।

नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ। तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा दुई अर्ब छ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ।

तीमध्ये आन्तरिक स्रोतबाट २५ करोड पाँच लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट ४५ करोड ७४ लाख ७७ हजार  रुपैयाँ उठ्ने प्रक्षेपण गरेको छ। बाह्य स्रोतअन्तर्गत संघीय सरकारबाट ५९ करोड छ लाख, प्रदेश सरकारबाट नौ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट पाँच करोड ५५ लाख रुपैयाँ अनुमान गरेको छ।

सो नगरपालिकाले आगामी आवको चालुतर्फ ६७ करोड ६९ लाख ५६ हजार र पूँजीगततर्फ एक अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। रासस


प्रकाशित : सोमबार, असार १३ २०७९०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend