काठमाडौं- सोमबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुन तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेर ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।