मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आदर्श लघुवित्तको आईपीओ खुल्यो, तपाईँलाई कति पर्‍यो?

सोमबार, असार १३ २०७९
आदर्श लघुवित्तको आईपीओ खुल्यो, तपाईँलाई कति पर्‍यो?

काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँट गोलाप्रथाद्वारा गरिएको हो।

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको सेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। सोमध्ये ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर पाएका छन्।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओमा १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका थिए। यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो। 


प्रकाशित : सोमबार, असार १३ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend