मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

एनबीसँग सहमति र एनसीसीसँग पुनः मर्जरको चर्चाले नबिलको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

सोमबार, असार १३ २०७९
एनबीसँग सहमति र एनसीसीसँग पुनः मर्जरको चर्चाले नबिलको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

काठमाडौं- नबिल बैंकको सेयर मूल्य महिनौपछि बल्ल बढ्न थालेको छ। नेपाल बंगालदेश बैंकलाई गाभेर एकिकृत कारोबार गर्ने अन्तिम तयारीमा कर्मचारीको लफडाले समस्या आएको थियो।

दुईपक्षबीच सहमती भएसँगै अब एनबी बैंकसँग एकिकृत कारोबार असार भित्रै हुने छ। यता नबिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच फेरी मर्जरको लागि छलफल सुरु भएको छ। गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो। 

nabil.PNG

नेपाल बंगलादेश बैंक गाभेको नबिलले केही सातामै एकीकृत कारोबार गर्दैछ। एनसीसी बैंकसँग पुनः मर्जरको चर्चा चलेको हो। एनसीसीलाई नबिलले १००ः६५ को स्वाप रेसियो प्रस्ताव गरेको बुझिएको छ। तर एनसीसीले ८० हुनुपर्ने सर्त राखेको छ। नबिल बैंकमा एनबी बैंक गाभिएसँगै चुक्तापुँजी पौने २८ अर्ब  ५७ करोड रुपैयाँ पुगेको छ।

अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको थियो। अब एनसीसी बैंक मर्ज भएमा नबिल बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड रहेको छ। नबिल, एनसीसी र एनबी बैंक एकै ठाऊँमा हुँदा चुक्तापुँजी ४० अर्ब हुने छ। यो सँगै सूचक मात्रै नभएर चुक्तापुँजीको हिसाब सबैभन्दा ठूलो बैंक बन्ने छ। 

नबिलको सेयर दोस्रो बजारमा आइतबार एकैदिन प्रतिकित्ता ३५ रुपैयाँले बढेर ७७५ रुपैयाँ पुगेको छ। नबिलको १९०० सम्म पुगेको थियो छ। लाभांश तथा अन्य सबै हिसाबले नबिल बैंक अब्बल रहेको छ। 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रिक नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए।


प्रकाशित : सोमबार, असार १३ २०७९००:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend