काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। नेकपा समाजवादी पार्टीले मन्त्रीबाट फिर्ता बोलाएसँगै झाक्रीले राजिनामा दिएकी हुन्।
मन्त्री झाक्रीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत राजीनामा घोषणा गरेकी हुन्। सहरी विकासको क्षेत्रमा छोटो सयममा थोरै भएपनि केही नीतिगत सुधारमा काम गरेको दाबी गरिन्। झाक्रीले ८ महिना २० दिनमा राजीनामा दिएकी हुन्।