बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

सुस्ताएको सेयर बजारमा व्यापक हरियाली, विश्वास फर्किएको हो या ठूला लगानीकर्ताकै चलखेल?

२१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

images
आइतबार, असार १२ २०७९
images
images
सुस्ताएको सेयर बजारमा व्यापक हरियाली, विश्वास फर्किएको हो या ठूला लगानीकर्ताकै चलखेल?
images
images

काठमाडौं- घट्दो क्रममा रहेको सेयर बजारमा गएको साता शुक्रबार भएको अन्तिम कारोबारको लय समात्दै यो साताको पहिलो कारोबारमा पनि हरियाली देखिएको छ। गएको साता शुक्रबार १३.७८ अंकले बढेको बजारमा आइतबार ९४.९२ अंकको वृद्धि देखिएको छ।

images
images

लामो समयपछि लगानीकर्ताको उत्साह देखिँदा आइतबार उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १९५ कम्पनीकै सेयर मूल्य बढेको छ। २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

images
images

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको थियो। नीतिगत निर्णय र बजारका सूचकहरूको आधारमा भन्दा लहडका भरमा चलिरहेको आरोप लाग्ने सेयर बजारमा आइतबारको अप्रत्याशित वृद्धिलाई पनि बजार लयमा फर्किएको रुपमा अर्थ्याउन नमिल्ने विश्लेषकहरू बताउँछन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहेको विश्लेषण पनि भइरहेका छन्। 

images
images

गएको साता पनि मंगलबार देखिएको सुधारअनुरुप बजारले गति लिन सकेको थिएन। यो साता आइतबार देखिएको ठूलो वृद्धिपछि ठूला लगानीकर्ताको चलखेल हो या बजारमा विश्वास फर्किएको हो भन्ने यकिन गर्न नसकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्राको उतारचढावमा लाग्दा बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारको अवस्थाअनुरुप निरन्तरता भने पाउन सकेको छैन। उच्च अंकमा पुगेयता लगातार उतारचढाव हुँदै घटिरहेको बजार ६ वर्षअघिको बुलभन्दा पनि तल झरिसकेको थियो। अहिले देखिएको अवस्थाले बजार 'क्रयास' हुनबाट जोगिने देखिए पनि अझै लयमा फर्कन समय लाग्ने विश्लेषकहरू बताउँछन्। 

संगठित लगानीकर्ता मात्रै होइन धेरैको ध्यान विशेषगरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतितर्फ सोझिएको छ। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अब आउने मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताका लागि राष्ट्र बैंकको तयारीले सकारात्मक संकेत भने दिइरहेको छैन।


प्रकाशित : आइतबार, असार १२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend