आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

नेपाल स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

images
आइतबार, असार १२ २०७९
images
images
नेपाल स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो। त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ। 

images
images

शनिबार काठमाडौंमा भएको नेपाल स्टार्टअप फेस्ट २०२२ को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो। 

images
images

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो। त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो। उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको उपस्थितीमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन्।  

images
images
images

स्वपुँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन्। यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन्। स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे। उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए।  

यसअघि शनिबार विहान उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गरेका थिए। सो क्रममा उनले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उनले उल्लेख गरे।  

नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए। नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनले बताए।  

युवा उद्यमीहरुलाई पुँजीको कारण मात्रै उनीहरुको नविन सोच मर्न दिन नहुनेमा उनले जोड दिए। ‘नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गर्नको लागि नै यो कार्यक्रम आयोजना गरेका हौं। एक दिन भव्य कार्यक्रम गरेर मात्रै हामी बस्ने छैनौं। यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौं,’ उनले भने। राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रबद्र्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान उनले आग्रह गरे। 

कार्यक्रमका प्रमुख वक्ता परिसंघका प्रेसिडेन्ट एमिरेटस् एवं सांसद विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे। विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे। ‘आज तपाईले गर्ने निरन्तरको प्रयासले भोलीको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ। त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ,’ उनले भने।  

नेपालस्थित भारतीय दूतावासका कन्सुलर प्रसन्ना श्रीभास्तव, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अमुन थापा, परिसंघ स्टार्टअप अभियान समिति सभापति आयुषी केसीलगायतले उद्यमशीलताबारे प्रस्तुती दिएका थिए।  

स्टार्टअप फेस्टको विभिन्न सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, आइएमई गु्रपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवाल, सुमन रायमाझी, स्वाती रुङ्गटा, अनुज शर्मा, यूनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले स्टार्टअपका विविध विधामा प्रस्तुती दिएका थिए। 

स्टार्टअप फेस्ट राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा आयोजना गरिएको हो। नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो। 


प्रकाशित : आइतबार, असार १२ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend