काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।