मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

नागरिक लगानीकोषले सेयरधनीलाई गत वर्षभन्दा १३.६९ प्रतिशत बढी लाभांश घोषणा, बोनस सेयर र नगद कति?

आइतबार, असार १२ २०७९
नागरिक लगानीकोषले सेयरधनीलाई गत वर्षभन्दा १३.६९ प्रतिशत बढी लाभांश घोषणा, बोनस सेयर र नगद कति?

काठमाडौं- नागरिक लगानी कोषले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ। कोषले सेयरधनीहरुलाई ३१.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। गत वर्षभन्दा बढाएर १३.६९ प्रतिशत धेरै लाभांश बाँड्ने भएको हो। 

कोषका सञ्चालक समितिको शनिबारको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कोषले सेयरधनीहरुलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कोषको असार ११ गते शनिबार साँझ सम्पन्न ३८४४ औं बैठकले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशतले हुन आउने ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति तथा कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानिकर्तालाई वितरण हुनेछ। हाल ३ अर्ब २७ करोड रुपैयाँ रहेको कोषको प्रस्तावित बोनस वितरणपछि चुक्तापुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्नेछ।

कोषले आव २०७६/७७ बाट सेयरधनीलाई चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर सहित ८.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

CIT DIVD.jpg


प्रकाशित : आइतबार, असार १२ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend