शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

साढे दुई घण्टा आकाशमै घुमेका यात्रु भन्छन्- पाइलटको धैर्यताले बाँच्यौं

images
सोमबार, असोज ११ २०७८
images
images
साढे दुई घण्टा आकाशमै घुमेका यात्रु भन्छन्- पाइलटको धैर्यताले बाँच्यौं

जहाज काठमाडौं विमानस्थलमा १०: १६ मा अवतरण गरेको थियो। जहाज होल्ड भएपछि विमानस्थल कार्यालयले उद्धार तयारी गरेर धावनमार्ग खाली गरेको थियो। 

images
images

काठमाडौं- आज बिहान बुद्ध एयरका दुई घटना भए। पोखरा उडेको जहाज काठमाडौँमा अवतरण भयो। त्यो भन्दा ठूलो घटना काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजमा भयो। 

images
images
images

ठूलो दुर्घटनाबाट जोगिएको बुद्ध एयरको उक्त जहाज साढे २ घण्टा आकाशमै घुमेर काठमाडौंमै अवतरण गर्न सफल भएको छ। काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेट जाँदा उडेको थियो। 

विराटनगर पुगेपछि अतवरण गर्न सकेन। जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज फेरि काठमाडौंमै फर्किएको थियो। विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किँदा उडान दलले यात्रुलाई सामान्य प्राविधिक समस्या भएको र काठमाडौं पुगेर फर्किने जानकारी गराएका थिए। 

images

'विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किंदा हामीलाई उडान दलका सदस्यले सामान्य प्राविधिक समस्या भएको बताएका थिए। त्यतिबेलासम्म खासै डर त्रासको वातावरण थिएन। काठमाडौंको धावनमार्गमा पुगेर फर्किहाल्ने भनेका थिए' जहाजभित्र रहेका पुष्कर मानन्धरले भने। 

images

काठमाडौंको आकाशमाथि आएपछि पनि जहाज अवतरण नगरेपछि भने त्रासको वातावरण सिर्जना भयो। यात्रुहरु एकाएक त्रसित भए। 

'काठमाडौंको आकाशमा आएपछि पनि जहाज घुमिरहेपछि भने जहाजभित्रको माहोल त्रसित भयो। तल हेर्दा एम्बुलेन्समात्र देखिन्छन्। मान्छेको लाइनमात्र देखिन्छ। दुई घण्टादेखि उडेको जहाजमा इन्धन पनि सकिनेबेला भयो भन्ने ठानेर अवस्था झनै त्रसित भयो। केही यात्रुलाई हामीले सम्झाउने बुझाउने काम पनि गर्‍यौं' उक्त उडानमा रहेका यात्रु मानन्धरले भने। 

ठूलै दुर्घटनाको नजिक पुगेको निष्कर्षमा यात्रुहरु पुगिसकेका थिए। उडान दलका सदस्यहरुले जहाजको पांग्रा नखुलेको कारणले अवतरण गर्न नसकेको जानकारी गराइरहेका थिए। पाइलटको धैर्यता तथा सिपका कारण अन्तत: सफल अवतरण भएर ज्यान जोगिएको मानन्धरको बुझाइ छ। 

'त्यहाँ भित्रको अवस्था त कस्तो हुन्छ त्यहाँ नभएकाहरुले कल्पनामात्र गर्नसक्छन्। तर पनि त्यस्तो दबाबमा पनि पाइलटले जुन धैर्यता देखाए त्यसबाट यात्रुहरुको ज्यान जोगियो' मानन्धरले भने। 

जहाज काठमाडौं विमानस्थलमा १०: १६ मा अवतरण गरेको थियो। जहाज होल्ड भएपछि विमानस्थल कार्यालयले उद्धार तयारी गरेर धावनमार्ग खाली गरेको थियो। जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। 


प्रकाशित : सोमबार, असोज ११ २०७८०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend