मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लघुवित्तको सेयर महँगोबाट आधा घट्दा सस्तोमा किन्ने अवसर, कुन कम्पनीको कति मूल्य घट्यो?

आइतबार, असार १२ २०७९
लघुवित्तको सेयर महँगोबाट आधा घट्दा सस्तोमा किन्ने अवसर, कुन कम्पनीको कति मूल्य घट्यो?

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५३ माइक्रो फाइनान्स संस्था दर्ता भइ नियमित कारोबार गरिरहेका छन्।

काठमाडाैं- कुनै समय लगानीकर्ताका लागि आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको सेयर अहिले उच्च बिन्दुले घटेको छ। सेयर बजार घटेर न्यून बिन्दुमा आइपुग्दा त्यसको प्रभाव माइक्रो फाइनान्समा पनि परेको हो।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५३ माइक्रो फाइनान्स संस्था दर्ता भइ नियमित कारोबार गरिरहेका छन्। ठूला लगानीकर्ताहरुका अनुसार सेयर बजार घटेको बेलामा खरिद गर्ने र बढेको बेलामा विक्री गर्ने हो। यस समय बजार उच्च अंकले घटेर नेप्से सूचक १८६२ को बिन्दुमा आइपुगेको छ। 

एकवर्ष अघि ३१९९ को बिन्दुबाट ओरोलो लागेको बजार त्यस बिन्दुबाट करिब १४ सय अंकले घटेपछि लगानीकर्ता आत्तिएका छन्। साथै बजार न्यूनबिन्दुमा आइपुग्दा लगानीकर्ता सेयर खरिद दर बढाउन थालेका पनि छन्। तर, सेयर खरिद गर्न चाहाने र आगामी दिनमा नाफा आर्जन गर्न खोज्ने लगानीकर्ताका लागि घटेको बेलामा सेयर खरिद गर्ने उपयुक्त मौका भने आएको छ। 

महँगो मूल्य भएको माइक्रो फाइनान्स कम्पनीका सेयरहरु अहिले हजारभन्दा तलको मूल्यमा आइपुगेका छन्। नेप्सेमा सूचिकृत माइक्रो फाइनान्सको ५३ मध्ये ३४ वटा संस्थाको सेयर मूल्य एक हजार रुपैयाँभन्दा कम भएको छ। १९ वटा कम्पनीको सेयर मूल्य एक हजार भन्दा बढी रहेको छ।

यी हुन् एक हजारभन्दा कम भएका माइक्रो फाइनान्स कम्पनीहरु :

list.PNG


प्रकाशित : आइतबार, असार १२ २०७९०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend