सोमबार, असोज ७ गते २०८१    
images
images

देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग

images
शनिबार, असार ११ २०७९
images
images
देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग

महासंघले आज आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकमा व्यवसायीहरूले देशको अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

images
images

काठमाडाैं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ।

images
images
images

महासंघले आज आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकमा व्यवसायीहरूले देशको अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मुलुकभित्र उद्योग व्यवसायलाई प्रोत्साहन गर्न भन्सार नाकामा उद्योगी व्यवसायीलाई सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताए। 'उद्योगका लागि चाहिने आवश्यक जनशक्ति निर्माण गर्न तालिम केन्द्रहरू स्थापना गर्नुपर्छ', उनले भने।

महासंघले कच्चा पदार्थको परनिर्भरता हटाउनका लागि राज्यस्तरबाट खोज-अनुसन्धान गर्नुपर्ने, वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने, फुटपाथको सही व्यवस्थापन गर्नुपर्ने, उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीका लागि बिनाधितो ऋणको व्यवस्था गर्नुपर्ने, रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउन निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने बताएको छ।

images

यस्तै साना तथा मझौला उद्योगी व्यवसायलाई नीति निर्माण तहमा सहज पहुँच बनाउनुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउन विशेष नीति लिनुपर्ने, स्थानीय तहमा उत्पादित वस्तुको व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिनुपर्ने, निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिँदा निजी क्षेत्रसँग परामर्श लिनुपर्ने महासंघले माग राखेको छ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने बताए। उनले स्थानीय तहको पाठ्यक्रममा उद्योग व्यवसायमैत्री पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्ने बताए। 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका सल्लाहकार एवं सुनकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले स्थानीय तहले व्यवसायमैत्री कानून निर्माण गरी लागु गर्नुपर्नेमा जोड दिए।

२०७३ मा स्थापना भएको महासंघमा हाल देशभरका २३ संघका १० हजारभन्दा बढी उद्योगी/व्यवसायी आवद्ध छन्। महासंघले आगामी दिनमा देशका सबै जिल्लामा आफ्ना शाखा विस्तार गर्ने लक्ष्यानुसार काम गर्दै आएको वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले जानकारी दिए। 

महासंघको आजकै बैठकबाट नयनबहादुर पण्डित क्षेत्रीको सभापतित्वमा ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिनुका साथै विभिन्न विभागसमेत गठन गरेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए। रासस


प्रकाशित : शनिबार, असार ११ २०७९१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend