शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सस्तोमा धेरै रेन्ज दिने विद्युतीय स्कुटर पर्खिएकालाई आउँदै छ ओपाइका २ विकल्प

images
शनिबार, असार ११ २०७९
images
images
सस्तोमा धेरै रेन्ज दिने विद्युतीय स्कुटर पर्खिएकालाई आउँदै छ ओपाइका २ विकल्प

कम्पनीले स्कुटर सार्वजनिक भएलगत्तै केही समयका लागि विशेष छुटको व्यवस्था समेत गर्ने उनले बताए।

images
images

काठमाडौं- पेट्रोलको मूल्य उल्लेख्य रुपमा बढी रहेकाले धेरैजसो दुई पांग्रे सवारी प्रयोगकर्ताहरु आईसी इन्जिन सवारीको विकल्पको खोजीमा छन्। तुलनात्मक रुपमा विद्युतीय स्कुटर महँगो भएकाले विकल्पमा जाने निर्णय पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताले लिन सकेका छन्। 

images
images

विशेषगरि यसका दुई कारण छन् पहिलो मूल्य र दोस्रो कम मूल्यमा धेरै रेन्ज दिने मोटरसाइकल तथा स्कुटरको पर्खाइ। यसरी इन्धन स्कुटरको विकल्प खोजी रहेकाहरुका लागि करिब मिल्ने गरि जम्बो मोटर्स प्रालिले ओपाइ ब्रान्डको स्कुटर नेपाल ल्याउने तयारी गरेको छ। 

images
images

नेपाल बजारमा ओपाई ब्राण्डको नयाँ विद्युतीय स्कुटर भित्र्याउने  तयारी गरेको कम्पनीका निर्देशक विनोद न्यौपानेले बताए। उपभोक्ताको चाहनालाई सम्बोधन गर्ने गरि बजारमा हाल उपलब्ध विद्युतीय स्कुटरको तुलनामा सस्तो र धेरै रेन्ज दिने स्कुटर ल्याउने लागेको न्यौपानेले जानकारी दिए। 

images
images

आगामी सातासम्म जम्बोले ओपाई ब्राण्डको वाईडब्लू ६ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जनाएको छ। १०० किलोमिटरसम्म अधिकतम रेन्ज दिने यो स्कुटरको पिकपावर २.५ किलोवाट रहेको छ । ७२ भोल्ट २८ एम्पेयरको ग्राफिनी ब्याट्री जडान भएको यो स्कुटर अधिकतम ५५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्नसक्ने दाबी उत्पादकको छ। कम्पनीले यो स्कुटरको मूल्य एक लाख ८२ हजार रुपैयाँ तोकेको छ।

त्यस्तै जम्बोले ओपाइको अर्को मोडलको स्कुटर पनिसँगै ल्याउने भएको छ। ओपाइ वाईडब्लू ३ मा २.५ किलोवाट पिकपावर र ७२ भोल्ट र ३२ एम्पेयरको लिड एसिड ब्याट्री प्रयोग गरिएको छ। यो स्कुटरले एक पटकको फुल चार्जमा ८० किलोमिटर माइलेज दिनेछ। कम्पनीले वाईडब्लू ३ को मूल्य १ लाख ७५ हजार रुपैयाँ पर्ने बताएको छ।  
जम्बोले यी दुई स्कुटरको ब्याट्रीमा एक वर्षको वारेन्टी दिने बताएको छ। स्कुटरका मुख्य विशेषतामा कीलेस स्टार्ट, डिस्क ब्रेक, डिजिटल डिस्प्ले, एलईडी लाइट लगायतकारहेका छन्। 

सहरी क्षेत्रका लागि ओपाईका यी दुई स्कुटर निक्कै उपयोगी हुने कम्पनीका निर्देशक विनोद न्यौपानेले बताए। ‘हामीले उपभोक्ताको चाहनाअनुसार तुलनात्मक रुपमा सस्तामा १ किलोमिटर रेन्ज दिने स्कुटर ल्याएका छौं,’ उनले भने, ‘सस्तो भएकाले यसमा आधुनिक विशेषताहरु छैनन् कि भन्ने लाग्न सक्छ तर यी स्कुटरमा पछिल्लो पटक उपलब्ध सबै विशेषताहरु लोडेड रहेका छन्।’ 

कम्पनीले स्कुटर सार्वजनिक भएलगत्तै केही समयका लागि विशेष छुटको व्यवस्था समेत गर्ने उनले बताए। यो सबै तय गरेर आगामी साता ओपाइका दुई विद्युतीय स्कुटर सार्वजनिक हुनेछन्। 


प्रकाशित : शनिबार, असार ११ २०७९०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend