सिन्धुपाल्चोक- गएरातिदेखिको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ की प्रभा भण्डारीले बताइन्।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन्। रासस