आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

काठमाडौं महानगरभित्र जग्गाको प्रतिआना ६ लाखदेखि ५० लाखसम्म मूल्य निर्धारण

images
शनिबार, असार ११ २०७९
images
images
काठमाडौं महानगरभित्र जग्गाको प्रतिआना ६ लाखदेखि ५० लाखसम्म मूल्य निर्धारण
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले सरकारी मूल्यां‌कन दुई वर्षदेखि यथावत राखेरै जग्गाको पुनः मूल्य निर्धारण गरेको छ।  

images
images

शुक्रबार नगरसभामा प्रस्तुत गरेको काठमाडौं महानगरपालिकाको आर्थिक विधेयकमा महानगरका जग्गाहरुको मूल्यांकन सार्वजनिक गरिएको हो।  

images
images

महानगर क्षेत्रभित्रका प्रमुख सडक एवम् सडकको दायाँ बायाँका जग्गाको सम्पत्ति कर प्रयोजनका लागि मूल्याङ्कन महानगरले यथावत राखेको छ। 

images
images
images

काठमाडौं महानगरभित्र सबैभन्दा महँगो जग्गा ५० लाख रुपैयाँँ प्रतिआना राखिएको छ। दरबारमार्ग, जमल, सुन्धारा, न्युरोडमा ५० लाख मूल्य तोकिएको छ। 

काठमाडौं महानगरपालिका क्षेत्रमा भित्रि शहरमा  जग्गाहरु ५० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ।  बाटो नभएका वर्ग खुलेका नगर क्षेत्रभित्रका जग्गाको हकमा 'ङ' वर्गका लागि ४ लाख रुपैयाँ प्रतिआना तोकिएको छ। यस्ता जग्गाको  'क' वर्गका लागि २० लाख रुपैयाँ, ख वर्गका लागि १६ लाख रुपैयाँ, 'ग' वर्गका लागि ८ लाख रुपैयाँँ र 'घ' लागि ६ लाख रुपैयाँ प्रतिआना तोकिएको छ।

दुई वर्षअगाडि तत्कलिन मेयर विद्यासुन्दर शाक्यले नै तोकेको मूल्यलाई मेयर बालेन्द्र शाहले सोही मूल्यलाई मूल्यांकन तोकेर सार्वजनिक गरेका हुन्। महानगरले तोकेको मूल्यांकन आधारमा सरकारी कर तय हुने गर्दछ। 


प्रकाशित : शनिबार, असार ११ २०७९०३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend