शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सीएटीएलले बनायो १० मिनेटमा ८० प्रतिशत चार्ज हुने र १ हजार किलोमिटर रेन्ज दिने ब्याट्री

images
आइतबार, असार १२ २०७९
images
images
सीएटीएलले बनायो १० मिनेटमा ८० प्रतिशत चार्ज हुने र १ हजार किलोमिटर रेन्ज दिने ब्याट्री

सीएटीएलले उत्पादन गरेको नयाँ ब्याट्री सार्वजनिक रुपमा २०२३ को सुरुमै बजारमा आउने छ। यो व्याट्रीलाई कम्पनीले सीटीपी ३.० भनेको छ। 

images
images

काठमाडौं- संसारको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल)ले ब्याट्रीमा नयाँ आयात चपिएको घोषणा गरेको छ।

images
images

कम्पनीका अनुसार उसले फस्ट चार्जरबाट १० मिनेटमा ८० प्रतिशत चार्ज हुने र फुल चार्जबाट १ हजार किलोमिटर रेन्ज दिने ब्याट्री सेल विकास गरेको छ। 

images
images

सीएटीएलले १० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन १० मिनेट लाग्ने वा हट स्टार्टबाट त जम्मा ५ मिनेटमा त्यति चार्ज गर्न सकिने दाबी गरेको छ। 

images
images

सीएटीएलले हाल विभिन्न कार उत्पादकहरु फक्सवागन, बीएमडब्लू, नियोलाई ब्याट्री उपलब्ध गराउँदै आएको छ। यसका साथै कम्पनीले चर्चित अमेरिकी कार उत्पादक टेस्लालाई समेत ब्याट्री उपलब्ध गराउँदै आएको छ। 

पछिल्लो समय विश्वमा अन्य कम्पनीहरुले समेत ब्याट्री उत्पादनमा नवीन प्रविधिको विकास गरिरहेका छन्। हाल सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक रहेको सीएटीएलले आफ्नो ताज जोगाइ राख्न नवीन सोच र प्रविधिको विकासलाई प्राथमिकतामा राख्न जरुरी रहेको इनसाइडईभीज्ले लेखेको छ। 

सीएटीएलले २०२१ को पहिलो त्रैमासको तुलनामा २०२२ को पहिलो त्रैमासमा ब्याट्री उत्पादन २४ प्रतिशतले गुमाएको छ। यसको परिणाम कम्पनीले नयाँ क्युलिन ब्याट्री उत्पादन गर्न सफल भएको छ। कम्पनीले दाबी गरेअनुसार यो नयाँ ब्याट्रीले एक पटकको फुल चार्जमा १ हजार किलोमिटर (६२० माइल) रेन्ज दिने जनाएको छ। यो भनेको टेस्लाले हालै प्रयोगमा ल्याएको नयाँ टेस्ला ४६८० ब्याट्री सेलभन्दा १३ प्रतिशत धेरै हो। 

टेस्लाको यो ब्याट्री पानासोनिकले उत्पादन गरेको हो भने टेक्सासमा रहेको गिगाफ्याक्ट्रीबाट उत्पादन भएको मोडल वाईमा प्रयोग गरिएको छ। सीएटीएलको चिनियाँ प्रतिस्पर्धी कम्पनी बीवाईडीले समेत टेस्लालाई ब्याट्री उपलब्ध गराउन सम्झौता गरिसकेको छ भने छिट्टै कार्यान्वयनमा आउने छ। यो भनेको अमेरिकी विद्युतीय कार उत्पादकलाई ब्याट्री उपलब्ध गराउने सीएटीएलको योजनामा थप दबाब हुनु हो। 

बीवाईडीले २०२२ मै सार्वजनिक गरेको लिथियम आइरन फोसफेट (एलपीएफ) ब्याट्री हो। यो ब्याट्री हाल उत्पादनमा रहेका अन्य ब्याट्रीको तुलनामा बढी सुरक्षित रहेको दाबी गरिएको छ। 

सीएटीएलले उत्पादन गरेको नयाँ ब्याट्री सार्वजनिक रुपमा २०२३ को सुरुमै बजारमा आउने छ। यो व्याट्रीलाई कम्पनीले सीटीपी ३.० भनेको छ। 


प्रकाशित : आइतबार, असार १२ २०७९१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend