आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख, चालु आवको भन्दा ७ अर्ब बढी

images
शुक्रबार, असार १० २०७९
images
images
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख, चालु आवको भन्दा ७ अर्ब बढी

महानगरपालिकाले कुल बजेटको ४९ प्रतिशतभन्दा बढी विकासमा लागि छुट्याएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ।

images
images

महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको थियो। आगामी आवका लागि चालुआवको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याएको हो। 

images
images

महानगरपालिकाले कुल बजेटको ४९ प्रतिशतभन्दा बढी विकासमा लागि छुट्याएको छ।

images
images
images

काठमाडौं महानगरपालिकाले वृद्धलाई घरघरमा स्वास्थ्य परीक्षण र औषधी वितरण, बसपार्कdf फल्चा निर्माणको विषय पनि समावेश गरेको छ। वडा वडामा मेलमिलाप केन्द्रको विषय समेत बजेटमा उल्लेख छ। भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको छ। 


प्रकाशित : शुक्रबार, असार १० २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend