शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १० २०७९
images
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड
images
images

विराटनगर- विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ।
 
आगामी आर्थिक वर्षमा कूल तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ। सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ।
 
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड, अन्य पूर्वाधारतर्फ नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख र समपूरक कोषमा चार करोड ८० लाख विनियोजन गरिएको छ।
 
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय एक अर्ब, जनसहभागिता आठ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य सङ्घसंस्था तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ।
 
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ।

images
images
images

मध्यकालीन खर्च संरचना

images
images

त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०/८१ का लागि तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१/८२ का लागि चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गरेका छन्। 

images
images


प्रकाशित : शुक्रबार, असार १० २०७९०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend