मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लक्ष्मी र कुमारी बैंक मर्जरमा जाने चर्चासँगै सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कति होला स्वाप रेसियो?

शुक्रबार, असार १० २०७९
लक्ष्मी र कुमारी बैंक मर्जरमा जाने चर्चासँगै सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कति होला स्वाप रेसियो?

काठमाडौं- लक्ष्मी र कुमारी बैंक पनि मर्जरमा जाने अन्तिम तयारीमा जुट्दा दोस्रो बजारमा कारोबार पनि हरेक दिन उच्च भइरहेको छ। नेपाल राष्ट्र बैंकले मर्जर नीतिमा कडाइ गर्ने संकेतलाई मध्यनजर गर्दै कुमारी र लक्ष्मी बैंकबीच मर्जरमा जानेगरी छलफल भइरहेको छ। 

केही दिनभित्रै मर्जर टुंगो लगाउनेगरी लक्ष्मी बैंक र कुमारी बैंकबीच मर्जरको छलफल चल्न थालेपछि दोस्रो बजारमा कुमारी र लक्ष्मी बैंकको सेयर खरिदमा लगानीकर‍ता झुम्मिएका छन्। दुईबैंक मर्जरमा गएमा २६ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ।

नाम र स्वाप रेसियोमा छलफल भइरहेको छ। लक्ष्मी र कुमारी बैंकले १००ः१०० कै अनुपातमा मर्जरमा जाने गरी छलफल गरेका छन्। एकपछि अर्को बैंकले मर्जरको सम्झौता गरिरहेका बेला कुमारी र लक्ष्मी बैंक पनि मर्जरमा जान लागेका हुन्। 

लक्ष्मी बैंकको दोस्रो बजारमा सेयर मूल्य शुक्रबार प्रतिकित्ता २०० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा ४४४ रुपैयाँसम्म कारोबार भएको बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। लक्ष्मी बैंकको बजार पुँजीकरण २३ अर्ब  १० करोड रुपैयाँ रहेको छ। कम्पनीको शुक्रबार ४ करोड ७६ लाख रुपैयाँ बराबर २ लाख ३६ हजार कित्ता कारोबार भएको छ।  

यता कुमारी बैंकको पनि शुक्रबार दोस्रो बजार १९८ रुपैयाँमा कारोबार भएको छ। प्रतिकित्ता ४ रुपैयाँ बढेको थियो। कुमारीको शुक्रबार सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको ८ करोड ६३ लाख रुपैयाँ बराबर ४ लाख ३८ हजार कित्ता कारोबार भएको छ। बैंकको ५२ हप्तामा ४१३ रुपैयाँमा अधिकतम मूल्यमा कारोबार भएको थियो। बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। कुमारीको बजार पुँजीकरण २९ अर्ब १२ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, असार १० २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend