मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

स्टिल बिलेटमा बढेको कर घटाउन संसदीय समितिको निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १० २०७९
स्टिल बिलेटमा बढेको कर घटाउन संसदीय समितिको निर्देशन 

चालु वर्षको प्रतिस्थापन ऐनभन्दा पहिलेकै दर कायम गर्नुपर्ने समितिको ठहर छ। 

काठमाडौं- फलामे डन्डी बनाउनका लागि उपयोग हुने बिलेट आयातमा बढाइएको कर घटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले निर्देशन दिएको छ। 

फलामे डण्डीको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आईरनबिलेट्बीच भन्सार महसुल एवं अन्तःशुल्कमा गरिएको विभेदकारी व्यवस्थाले निश्चित उद्योगको मात्र  संरक्षण भएको तर ठूलो संख्यामा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको समितिले ठहर गरेको छ। 

केही उद्योगको मात्र संरक्षण हुँदा एकातिर राज्यलाई राजस्व गुमेको अर्कोतिर रोजगारी पनि गुम्ने भएकाले करमा पुनर्विचार गर्न निर्देशन दिएको छ। असार ६ गतेको बैठकले यस्तो निर्णय गरेको हो। 

' विभेदकारी कर नीतिका कारणले केही उद्योगहरू मात्र संरक्षण हुन गई अन्य उद्योगहरू धराशायी भई सञ्चालन हुन नसक्ने अवस्थामा पुग्दा ठूलो राजश्व तथा रोजगारी गुम्ने भएकाले भन्सार तथा अन्तःशुल्कको दरमा पुनर्विचार गर्न निर्देशन दिने' निर्णयमा उल्लेख गरिएको छ। 

चालु वर्षको प्रतिस्थापन ऐनभन्दा पहिलेकै दर कायम गर्नुपर्ने समितिको ठहर छ। 

स्पञ्ज आइरन ल्याएर नेपालमै बिलेट बनाउँदा १५ प्रतिशत मात्र मूल्य अभिवृद्धि हुने भएकाले यो कर नीतिले कुनै लाभ नहुने समितिको ठहर छ। स्पञ्ज आइरन र बिलेटमा समान करका दर लगाउनुपर्ने समितिले भनेको छ। 

समितिले गुणस्तरमा पनि प्रश्न उठाएको छ। स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने भएपनि त्यसको गुणस्तर मानक नभएको तर्फ समितिले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। जनताको सुरक्षित आवाससँग जोडिएको डन्डी बनाउने बिलेटको गुणस्तर निर्धारण गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने समितिले निर्णय गरेको छ। 

 


प्रकाशित : शुक्रबार, असार १० २०७९०६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend