काठमाडौं- स्थानीय तहले आज बजेट ल्याउँदै छन्।
स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था छ।
यही व्यवस्थामा रहेर स्थानीय तहले आज बजेट ल्याउँदैछन्। आन्तरिक स्रोत तथा संवैधानिक व्यवस्था अनुसार माथिल्ला सरकारबाट जाने अनुदानलाई स्रोत मानेर स्थानीय सरकारले वार्षिक बजेट बनाउँदै आएका छन्।
यसरी नगरसभामा प्रस्तुत गरेको बजेट स्थानीय तहले संघीय सरकारले तोकेको पोर्टलमा समावेश गर्नुपर्ने छ।