आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

विराटनगर महानगरको ३ अर्ब ५० करोडको बजेट आउँदै

images
शुक्रबार, असार १० २०७९
images
images
विराटनगर महानगरको ३ अर्ब ५० करोडको बजेट आउँदै

नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएका थिए।

images
images

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब ३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

images
images

हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो। प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको संकल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ।  

images
images

चालु आर्थिक वर्षभन्दा झण्डै १ अर्ब रुपैयाँ कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिए। चालु आवका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको वार्षिक बजेट बनेको थियो। 

images
images
images

संघीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ।

महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र  बजेटमार्फत करको दरलाई घटाइने तयारी गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएका थिए। पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। रासस


प्रकाशित : शुक्रबार, असार १० २०७९०६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend