काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।