सोमबार, असोज ७ गते २०८१    
images
images

२० नवीनतम व्यवसायद्वारा योजना प्रस्तुत, मुुरारका समूहको रासन टेकमा लगानी 

images
बिहीबार , असार ९ २०७९
images
images
२० नवीनतम व्यवसायद्वारा योजना प्रस्तुत, मुुरारका समूहको रासन टेकमा लगानी 

महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदनसमेत माग गरेको थियो। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन्। महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ। 

images
images
images

मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो। कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो। प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ। 

महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए। महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदनसमेत माग गरेको थियो। 

पिचिङ शेशनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासंग सम्बन्धित बिजनेस योजना प्रस्तुुत भएका थिए। महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष चैत्र ९ गते ५० बिजनेस÷५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो। 

images

पिचिङ शेशनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रालि, लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन्।

महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ। महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ।

युवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्र्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसंगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र संचालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन्। 

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन्। 

महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम सोंच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुुुरयाउने विश्वास प्रकट गरे। महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। 

स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरे। सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए।  

कार्यक्रममा महासंघका पदाधिकारीहरू, पूर्वअध्यक्ष, कार्यकारिणी समितिका सदस्यहरू, स्टार्टअप एण्ड इनोभेसन समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, स्टार्टअप व्यवसायीहरू लगायतको उपस्थिति थियो। 


प्रकाशित : बिहीबार , असार ९ २०७९१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend