आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौँ, प्रोत्साहन गर्ने नीति लिएका छौँ : अर्थमन्त्री

images
बिहीबार , असार ९ २०७९
images
images
वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौँ, प्रोत्साहन गर्ने नीति लिएका छौँ : अर्थमन्त्री

बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुई वटा सूचना प्रविधि सम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए। 

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन्।  

images
images

विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका हुन्।

images
images

‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन। साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्’ उनले भने, ‘तर, अनुदान भने बास्तविक र साना किसानसम्म पुगेन। त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं।’

images
images
images

उनले आर्थिक वर्ष ०७९/८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए। किसानको उत्पादन बजारसम्म सहजै पुर्‍याउनका लागि कृषि एम्बुलेन्सको सुरुवात गरेको उनले बताए। वार्षिक साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि उनको भनाइ छ। 

‘आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ’ उनले भने। जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए।

बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुई वटा सूचना प्रविधि सम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए। 

कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए। उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताए।


प्रकाशित : बिहीबार , असार ९ २०७९११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend