आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

२५ अर्बको बजेट ल्याउने काठमाडौं महानगरपालिकाको तयारी, चालु आवको भन्दा ७ अर्ब बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ९ २०७९
images
images
२५ अर्बको बजेट ल्याउने काठमाडौं महानगरपालिकाको तयारी, चालु आवको भन्दा ७ अर्ब बढी

आगामी आवका लागि चालुआवको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।

images
images

महानगरको  चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो। 

images
images

आगामी आवका लागि चालुआवको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

images
images
images

आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने  पनि उनको भनाइ थियो। चालु आवमा जस्तै  भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ। 

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो।  चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा  ५५ करोड, सामाजिक विकासमा दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक अर्ब १५ करोड विनियोजन गरिएको थियो।

आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ। रासस


प्रकाशित : बिहीबार , असार ९ २०७९१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend