आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

उडान संख्या बढाउँदै श्रीलंकन एयरलाइन्स, दैनिक एक उडान गर्दै 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ९ २०७९
images
images
उडान संख्या बढाउँदै श्रीलंकन एयरलाइन्स, दैनिक एक उडान गर्दै 

हप्तामा २ बाट चार उडान बनाएको एयरलाइन्सले अब दैनिक उडान गर्ने भएको छ। घरेलु अर्थतन्त्र संकटमा परेपनि एयरलाइन्सले भने काठमाडौं गन्तव्यमा राम्रो व्यापार गरिरहेको छ। 

images
images

काठमाडौं- श्रीलङ्काको कोलम्बोबाट काठमाडौं नियमित उडान सुरु गरेको एक वर्ष नपुग्दै श्रीलंकन एयरलाइन्सले उडान संख्यामा व्यापक वृद्धि गरेको छ। 

images
images

यात्रुको माग बढ्दै गएपछि उडान संख्या बढ्ने श्रीलंकन एयरलाइन्स नेपालले जानकारी दिएको छ। 

images
images

हालसम्म हप्तामा चार उडान गर्दै आएको एयरलाइन्सले जुलाई ६ देखि दैनिक एक उडान गर्ने भएको छ। श्रीलंकन एयरलाइन्स नेपालका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार जुलाई ६ देखि दैनिक उडान हुने भएको छ। 

images
images
images

'यात्रुको माग बढेपछि एयरलाइन्सले उडान संख्या बढाउन भएको छ। जुलाई ६ देखि दैनिक एक उडान हुनेछ' उनले बिजनेसन्युजसँग भने। 

हप्तामा २ बाट चार उडान बनाएको एयरलाइन्सले अब दैनिक उडान गर्ने भएको छ। घरेलु अर्थतन्त्र संकटमा परेपनि एयरलाइन्सले भने काठमाडौं गन्तव्यमा राम्रो व्यापार गरिरहेको छ। 

कोलम्बो-काठमाडौं गन्तव्यमा यसअघि हिमालय एयरलाइन्सले उडान गरेपनि यात्रु नपाएकै कारण उडान रोकेको थियो। तर श्रीलंकन एयरले कोलम्बोबाट अरु देश लक्षित उडान पनि जोडेकोले उडान अझ विस्तार गर्ने संकेत गरेको छ। 

नेपालबाट तेस्रो मुलुक जाने यात्रुका लागि सेवा दिँदै आएको एयरलाइन्सले राम्रो अकुपेन्सी पाएको मैनालीले जानकारी दिए। 

'यहाँबाट श्रीलंका जानेभन्दा पनि तेस्रो मुलुक जाने यात्रुको माग धेरै छ। उताबाट आउनेको तुलनामा यताबाट जानेको अकुपेन्सी राम्रो छ' मैनालीले भने। 

 


प्रकाशित : बिहीबार , असार ९ २०७९०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend