बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

नियम विपरित काम गरेपछि नेपाल लाइफ इन्स्योरेन्ससहित २२ बीमा कम्पनी कारबाहीमा, अन्य कुन कुन?

images
बिहीबार , असार ९ २०७९
images
images
नियम विपरित काम गरेपछि नेपाल लाइफ इन्स्योरेन्ससहित २२ बीमा कम्पनी कारबाहीमा, अन्य कुन कुन?
images
images

काठमाडौं- समयमा लेखापरिक्षण नगर्ने २२ बीमा कम्पनी कारबाहीमा परेका छन्। बीमा समितिले एकैपटक २२ वटा बीमा कम्पनीलाई कारबाही गरेको हो। समितिले समयमा लेखापरिक्षण नगर्ने/नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीगरी २२ कम्पनीलाई कारबाही गरेको हो। 

images
images

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

images
images

कारबाहीमा पर्नेमा अधिकांश जीवन बीमा कम्पनी रहेका छन्। जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन्। त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन्।

images
images
images

त्यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी रहेका छन्।

नेपाल पुनर्बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी पनि कारवाहीमा परेको छ। कारबाहीको दायरामा परेका २२ वटा कम्पनीमध्ये १० वटालाई १० हजार रुपैयाँ र १२ वटालाई १० हजार ५ सय रुपैयाँ नगद जरिवाना गरेको छ।


प्रकाशित : बिहीबार , असार ९ २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend