काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।