मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

डलरको भाउ बढेर बिहीबार पनि नयाँ रेकर्ड, कतिसम्म पुग्ला?

बिहीबार , असार ९ २०७९
डलरको भाउ बढेर बिहीबार पनि नयाँ रेकर्ड, कतिसम्म पुग्ला?

काठमाडौं- डलरसँग नेपाली रुपैयाँ कमजोर हुनेक्रम बिहीबार पनि रोकिएको छैन। बुधबारको तुलनामा ५० पैसा बढेर १२५.७२ रुपैयाँ पुगेको छ। बुधबार बढेर १२५.२२ रुपैयाँ पुगेको थियो।

डलरको भाउ बढ्दै गएपछि नेपालको अर्थतन्त्रमा झनै समस्या पार्दै गएको छ। जसका कारण आयात गरिने समानको मूल्यमा ढुकुटीबाट ठूलो मात्रमा डलर पाठउँदा डलर सञ्चिती घट्नेक्रम झनै बढ्ने निश्चित छ। डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। यसका कारण आउने दिनहरुमा नेपाली मुद्रा झनै कमजोर हुने देखिएको छ। 

पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। अमेरिकी डलर बलियो हुँदा नेपालको अर्थतन्त्रलाई लाभभन्दा धेरै हानी हुन्छ। आयातमा आधारित अर्थतन्त्र भएकाले गर्दा नेपालले प्राप्त गर्ने रेमिट्यान्सबाहेक अरु कुनै पनि लाभ नेपाली अर्थतन्त्रले लिँदैन। समग्रमा डलरको भाउ उच्च हुँदा सर्वसाधारणको दैनिकी नै महँगो हुन्छ। 

डलरको भाउ उच्च हुँदा जनताको दैनिकी मात्र होइन राज्यको ढुकुटी पनि दबाबमा पर्छ। डलरको भाउ उच्च हुँदा सबैभन्दा पहिला सरकारी ढुकुटीमा दबाब पर्ने भनेको ऋणको दायित्वले हो। निरन्तर घाटा बजेट बनाउँदै आएको नेपाल सरकारका लागि विदेशी विनिमयको दर बढ्दा दायित्व बढ्छ।   

 


प्रकाशित : बिहीबार , असार ९ २०७९०४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend