शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हिमालयन र सिभिल बैंकको मर्जरमा 'ब्रेकथ्रु' हुँदै, स्वाप रेसियोमा हाेला सहमति?

images
बिहीबार , असार ९ २०७९
images
हिमालयन र सिभिल बैंकको मर्जरमा 'ब्रेकथ्रु' हुँदै, स्वाप रेसियोमा हाेला सहमति?
images
images

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकको मर्जरले गति लिने भएको छ। हिमालयन र सिभिल बैंकले लामो समयदेखि मर्जरमा जानेगरी छलफल तीव्र पारेका थिए। स्रोतका अनुसार हिमालयनले १००ः७० को स्वाप रेसियो दिने प्रस्ताव सिभिललाई जानकारी गराएकाे छ।

images
images
images

हिमालयनले ७० दिने अनाैपचारिक बताएपनि सिभिलले भने १००:९० अनुपात मागेको छ। यता सिभिल र हिमालयनकाे स्वाप रेसियाेमा अव डीडीए गरेपछि मात्रै स्वाप रेसियाेमा कुराकानी गर्ने सहमती भएकाे छ। सिभिल बैैक सञ्चालक समितिले डीडीए मुल्या‌कनपछि आउने प्रतिवेदनकाे अनुसार अन्तिममा १००:८५ भन्दा घटेर मर्जमा नजाने अडान लिएकाे छ। 

images
images

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंक सम्मानजक मर्जरको पक्षमा रहेको छ। सोही क्रममा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकसँग सिभिल बैंकको मर्जरको छलफल अन्तिम चरणमा पुगेको छ। हिमालयनले सिभिल बैंकलाई मर्जरको लागि प्रस्ताव गरेको थियो। हिमालयननै मर्जरकाे दबाबमा रहेकाेले सम्भवत सिभिलकाे प्रस्तावमा हिमालयन जानुपर्ने बाध्यता समेत रहेकाे छ। 

images
images

वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा थियो। 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।  

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। चुक्ता पुँजीको हिसाबले ग्लोबल आईएमईपछिको दोस्रो बैंक हुने छ। सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। बैंकको पछिल्लो ५२ हप्तामा ३१६ रुपैयाँमा कारोबार भएको थियो भने न्युनतम १९६ रुपैयाँ रहेको थियो। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , असार ९ २०७९००:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend