बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै

images
बुधबार, असार ८ २०७९
images
सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै

सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।  

images
images

काठमाडौं- कर्णाली राजमार्गको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। त्यहीअनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डको बांगेसिमल-सैन सडक खण्डको स्तारोन्नतीका लागि वातारणीय प्रभाव मूल्यांकन गराएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वातावरण मन्त्रालयले उक्त अध्ययन गरेको हो। 

images
images
images

यो सडक खण्डको स्तरोन्नतिका लागि ६ अर्ब १३ करोड ६ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। यो सडकमा हाल ६ मिटरदेखि ५० मिटरसम्मका पुल छन् र निर्माण हुने छन्। अहिले यो सडक खण्डमा १५ वटा पुल सञ्चालनमा छन् भने ५ वटा नयाँ पुल बनाउन प्रस्ताव गरिएको छ। 

images
images

१ सय १२ किलोमिटर सडक खण्डमा हाल कालो पत्रे गरिएको छ भने अब स्तरोन्नति गर्दा अस्फाल्ट कंक्रिट बनाउने भनिएको छ। यो सडकमा बेरिंग कोर्स अस्फाल्ट कंक्रिट ५० मिलिमिटर हुनेछ। 

images
images

सडकको क्षेत्राधिकार ३० मिटरको हुने छ भने ९ मिटरको फर्मेसन चौडाई हुने यो सडक डबल लेनको हुनेछ। यो आयोजना कर्णाली प्रदेश सञ्चालन हुनेछ। सुर्खेत र दैलेख जिल्लामा बन्ने यो सडकको सुरु बिन्दु सुर्खेतको बांगेसिमल र अन्तिम बिन्दु दैलेकको साईगाउँ रहेको छ। 

यो सडकको प्रभावित क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ र बराहताल गाउँपालिका वडा नं ५, ७ र ७ तथा दैलेखको गुराँस गाउँपालिका वडा नं १ र २, दुल्लु नगरपालिका वडा नं १, २ र ३, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ७ र आठबीस नगरपालिका वडा नं १, २ र ३ रहेको छन्। 

यो सडक खण्डको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। सडक निर्माणका लागि १३ हजार ५९ मेट्रिक टन सिमेन्ट, ५१ हजार ४ सय ८६ घनमिटर बालुवा, ५ लाख ३१ हजार ८ सय ४५ घनमिटर ढुंगा, १६ लाख ७९ हजार ३ सय ७३ घनमिटर गिट्टी, १५२.८८ टन फलाम र ३२ हजार ५ सय ८६ लिटर बिटुमिन लाग्ने अनुमान गरिएको छ। 

करिब २ लाख घण्टा विभिन्न मेसिनरी उपकरण चलाउन पर्ने छ। सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।  


प्रकाशित : बुधबार, असार ८ २०७९०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend