मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

दोर्दीको आईपीओको बाँडफाँट, २ लाख १ हजार ९ सय ८६ आवेदकले पाए सेयर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ८ २०७९
दोर्दीको आईपीओको बाँडफाँट, २ लाख १ हजार ९ सय ८६ आवेदकले पाए सेयर

काठमाडौं- दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो। 

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ। त्यसमा बाँकी नौ कित्ता सेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो। त्यसमध्ये ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार ८ २०७९०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend