बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

दोर्दीको आईपीओको बाँडफाँट, २ लाख १ हजार ९ सय ८६ आवेदकले पाए सेयर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ८ २०७९
images
images
दोर्दीको आईपीओको बाँडफाँट, २ लाख १ हजार ९ सय ८६ आवेदकले पाए सेयर
images
images

काठमाडौं- दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो। 

images
images

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

images
images

आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ। त्यसमा बाँकी नौ कित्ता सेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ। 

images
images
images

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो। त्यसमध्ये ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार ८ २०७९०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend