काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा ४ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ३ सय रुपैयाँ काय भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।