शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अन्तत: एयरलाइन्स कम्पनी उडान गर्न तयार, बुधबार ११ बजेदेखि यात्रुलाई विमानस्थल बाेलाइयाे

images
मंगलबार, असार ७ २०७९
images
अन्तत: एयरलाइन्स कम्पनी उडान गर्न तयार, बुधबार ११ बजेदेखि यात्रुलाई विमानस्थल बाेलाइयाे
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच सहमति भएकाे छ। प्राधिकरणले मागकाे सम्बाेधन गर्दै जाने बताएपछि एयरलाइन्स कम्पनीहरु उडान गर्न तयार भएका हुन्।

images
images
images

वार्ताकाे सुरुमै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले अन्य सुविधा नपुगे सुविधा दिने तर निर्णयबाट पछि नहट्ने बताएपछि वायुसेवा सञ्चालकहरु अलमलमा परेका थिए। प्राधिकरणले  जहाज  तोकिएकै ठाउँमा रात्रिकालिन विसान हुनु पर्ने र पहिले उडान त्यही ठाउँबाट हुने पर्ने निर्णय गरेको थियो।

images
images

प्राधिकरणको सो निर्णयको विरोध गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले भोली बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय गरेका थिए। यता बुद्ध एयरले भने सवै उडान गर्ने भएपछि अन्य कम्पनीहरु दवावमा रहेका थिए।  बुद्धले आयोनको निर्णय नमान्ने सबै उडान गर्ने जनाएसँगै प्राधिकरण झनै कठोर बन्ने संकेत गरेपछि अन्य एयरलाइन्स कम्पनी उडान बन्द नगर्ने निष्कर्षमा पुगेका हुन। सबै एयरलाइन्सले बुधबार ११ बजेदेखि उडान हुने सुचना यात्रुलाई दिएका छन।

images
images

यता प्राधिकरणले भने काठमाडौंमा जहाज पार्किङ अभाव रहेको र तोकिएकै ठाउँमा जहाज रात्रिकालिन विसान गर्नु पर्ने निर्णय लागुनगर्दै उडान बन्द गरे एओसी खारेजदेखि अत्यावश्य सेवा बन्द गरे कानूनअनुसार कारबाही गर्ने सूचना जारी गरेको थियो।

 


प्रकाशित : मंगलबार, असार ७ २०७९१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend