बिहीबार , असोज ३ गते २०८१    
images
images

अघिल्लो बुलको बिन्दुबाट बजार फर्किन खोजेको हो? यस्तो छ इतिहास

images
बुधबार, असार ८ २०७९
images
images
अघिल्लो बुलको बिन्दुबाट बजार फर्किन खोजेको हो? यस्तो छ इतिहास
images
images

काठमाडौं- सेयर बजारमा अघिल्लो बुलको बिन्दुबाट पुनः लय समात्नेगरी मंगलबार दोहोरो अंकको सुधार देखियो। लगानीकर्ताहरू सडकमा आउनुका साथै संसदमा सेयर बजारबारे लगातार आवाज उठ्नुले नियामकहरू दबाबमा देखिएका छन्।

images
images
images

मंगलबार नै साँझ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर धितोमा लागेको कर्जाको ४/१२ सीमा हटाउन पहल गर्ने घोषणा गरे। अहिले नयाँ मौद्रिक नीतिको आशमा रहेका लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै छन्। बुलको उच्च बिन्दु ३१९९ बाट १० महिनामै अघिल्लो २०७३ को १८८१ बुलनजिक सोमबार आइपुगेको थियो। मंगलबार दोहोरो अंकले बढे पनि सूचकहरुले तत्कालै बजार माथी जाने देखिएको छैन। 

यद्यपी उक्त सीमाको कुरा नेपाल राष्ट्र बैंकको अधिकारको विषय हो। यता आन्दोलनकारीहरूले धितोपत्र बोर्डको भन्दा पनि राष्ट्र बैंकबाट आउने मौद्रिक नीति सच्याउन दबाब दिएको देखिन्छ। संसददेखि सडकसम्मको विवादका बीच मंगलबार सेयर बजार ३९.९३ अंकले बढेर १९२४.७४ बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब २५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। 

उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार सोमबार अघिल्लो बुलको उच्च बिन्दु १८८१ नजिक पुगेको थियो। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो।

images
nepse.PNG

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा समेत सांसद सुवालले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुधारको माग गरेका थिए। त्यसअघि कांग्रेस सांसद गगन थापाले पनि सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका थिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण पनि भइरहेका छन्। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन।

सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। 

बियरिस ट्रेण्डमा चक्र कहिलेसम्म ? 

मंगलबार बढेपनि सेयर बजार घट्ने क्रम तत्काल रोकिने अवस्था भने सूचकहरूले देखाउँदैन। नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको हो। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।

यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धका क्रममा माओवादीहरूको लुकेको अवैध रकम बजारमा आउँदा बैंकिङ तरलता बढ्यो। यस अवधिमा संविधानसभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए। जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।

त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्‍यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गइ ब्याजदर पनि धेरै तल झर्‍यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो। २०७२ को बुलमा सेयर बजार १८८१ बिन्दुबाट तल १२०० को बिन्दुमा झरेको थियो। 

यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्‍यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्‍यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनस सेयर वितरण भएन।

बजार विश्लेषकहरूका अनुसार गत वर्षको सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउँदा बजार नसोचिएको हिसाबले सुधार भयो।

बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भए पछि निक्षेपकर्ताले पनि आफूसँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ।

वैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दबाब पर्‍यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। यस्ता समाचारले सेयर बजार तल झार्न थप मद्धत गरेको विश्लेषकहरू बताउँछन्।

यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किने क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुरु गर्नका लागि उनीहरूलाई थप पुँजीको आवश्यकता पर्दछ।


प्रकाशित : बुधबार, असार ८ २०७९०१:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend