सोमबार, असोज ७ गते २०८१    
images
images

नेपाल ट्रष्टले कमलादीपछि लाजिम्पाटको जग्गा पनि भाडामा लगाउन कम्पनी पाएन

images
बुधबार, असार ८ २०७९
images
images
नेपाल ट्रष्टले कमलादीपछि लाजिम्पाटको जग्गा पनि भाडामा लगाउन कम्पनी पाएन
नेपाल ट्रष्टको लाम्जिम्पाटमा रहेको जग्गा। जहाँ यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको थियो।
images
images

काठमाडौं- सरकारी जग्गा भाडामा दिने र लिने विषय विवादमा पर्न थालको छ। पछिल्लो समय पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको नेपाल-भारतमैत्री पशुपति धर्मशाला लिज प्रकरण पनि विवादमै छ। यसैगरी नारायणहिटी दरबारको जग्गामा भाडामा क्याफेटेरिया चलाउन दिने विषय पनि विवादमा आएको छ। त्यसमा पनि झन्डै दुईवर्ष अगाडि नेपाल ट्रष्टको जग्गा भाडामा लिँदा भएको व्यापार सम्झौता समेत विवादमा आएको थियो।

images
images
images

नेपाल ट्रष्टको गोकर्ण फरेष्टको जग्गादेखि कालिमाटी ताहाचलको जग्गा भाडामा दिने विषय पनि विवादित भएको थियो। विवादकै बीच नेपाल ट्रष्टले कमलादीको २ रोपनी ४ आना २ पैसा र लाजिम्पाटको ६ रोपनी १३ आना जग्गा भाडामा लगाउन भन्दै गरेको प्रस्तावमा कसैले पनि चासो नदेखाएका हुन्।

नेपाल ट्रष्ट कार्यालयका प्रवक्ता विष्णु राज ढकालका अनुसार स्याण्डर्ड चार्टर्ड बैंक रहेको जग्गा भाडा लगाउने प्रक्रिया सुरु भएको १८ महिनाभन्दा बढी भइसके पनि कुनै व्यवसायी तथा कम्पनीले चासो देखाएका छैनन्। लाजिम्पाटको ६ रोपनी १३ आना जग्गा भाडामा लगाउन ३ पटकसम्म प्रस्ताव माग गर्दासमेत कसैले चासो नदिएको उनको भनाइ छ।

१० वर्षका लागि जग्गा भाडामा दिने गरी प्रस्ताव माग गरिएको थियो। तर कसैले पनि चासो नदेखाएपछि पुन लिज अवधि बढाएर प्रस्ताव गर्ने तयारी भएको उनको भनाइ छ।

images

कार्यालयले अन्तिम पटक जग्गा भाडामा लगाउने गरी बैशाख ८ गते सूचना गरेकाे थियो। कार्यालयले मासिक २५ लाख ३१ हजार न्यूनतम भाडा रहने गरी सूचना जारी गरेको थियाे।

यसैगरी कमलादीको २ रोपनी ४ आना जग्गा ३० वर्षका लागि भाडामा दिने गरी कार्यालयले ३ पटकसम्म प्रस्ताव माग गर्दा पनि कसैले चासो देखाएका थिएनन्। नेपाल ट्रष्टको कार्यालयले खानेपानी लिमिटेडको कार्यालय रहेको जग्गा ३० वर्षका लागि भाडामा दिने गरी टेन्डर गरेको थियो।

२०७७ फागुन ११ गते नेपाल ट्रष्टको २ रोपनी ४ आना २ पैसा जग्गा ३ वर्ष निर्माण अवधिसहित ३० वर्षका लागि भाडामा लगाउने गरी टेन्डर भएको थियो। तर लगातार ३ पटकसम्म पनि कुनै कम्पनीले चासो नदेखापछि जग्गा भाडामा जान सकेको छैन। 


प्रकाशित : बुधबार, असार ८ २०७९०१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend