सोमबार, असोज ७ गते २०८१    
images
images

साउन १ पछि कार आयातमा लगाइएको प्रतिबन्ध खुल्छ : मन्त्री बडू    

images
मंगलबार, असार ७ २०७९
images
images
साउन १ पछि कार आयातमा लगाइएको प्रतिबन्ध खुल्छ : मन्त्री बडू    

यसलाई तत्काल सम्बोधन गरी हाल लागि आएको आयात प्रतिबन्ध खुलाउन मन्त्री बडूलाई नाडाले आग्रह गरेको छ।   

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटेर कार आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन माग गरेको छ। मंगलबार आपूर्ति दिलेन्द्रप्रसाद बडूसँग भेटगरी सरकारले कार जिप र भ्यानजस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको हो।  

images
images
images

उक्त भेटघाट तथा छलफलमा सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जिप र भ्यानलाई आउदो आसार मसान्तसम्मको लागि यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशितगरी आयातमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ।  

बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धिजस्ता विषयहरुले विगत ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको नाडाले मन्त्रीलाई अवगत गराएको छ।  

भन्सार बिन्दुमा उठने परल मूल्यभन्दा दोबर राजस्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याएको नेपालको अटोमोबाइल क्षेत्रमा खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेको नाडाको भनाइ छ। यसलाई तत्काल सम्बोधन गरी हाल लागि आएको आयात प्रतिबन्ध खुलाउन मन्त्री बडूलाई नाडाले आग्रह गरेको छ।   

images

अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दै आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुँदै आएको नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको र यस किसिमको प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुर्‍याउने भएकोले त्यसको सहजताको लागि समेत नीजि प्रयोजनका  सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको नाडाको भनाइ छ। सो भेटघाटको क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जिप र भ्यानजस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध यो आसार मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गसाउन १ गतेदेखि सो प्रतिवन्ध फुकुवा हुने आश्वासन दिए। उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्दिय कार्यसमिति सदस्य आकाश गोल्छा तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, असार ७ २०७९११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend